Comments Add Comment

एनआरएनए युरोप संयोजकमा गिरीको उम्मेदवारी घोषणा

बार्सिलोना। गैरआवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय संयोजक पदमा स्पेनका एकराज गिरीले उम्मेदवारी दिने भएका छन्। हाल युरोप उपसंयोजक रहेका गिरीले संघको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप संयोजकमा उम्मेदवारी दिने भएका हुन् ।

२०१५-०१७ कार्यकालमा उप-संयोजक रही काम गरेका गिरीले युरोप संयोजकमा अहिले आफ्नो दावी स्वभाबिक रहेको बताएका छन्।

उनले भने, ‘हाल दुईजना उप-संयोजक छौं,एक जनाले सह-कोषाध्यक्ष पदमा रही काम गर्ने इच्छा ब्यक्त गर्नुभएको छ। मलाई झन् संयोजकमा रही काम गर्न मार्ग प्रशस्त भएको छ। थुप्रै अग्रजहरुको सर-सल्लाहमा नै मैले अघि बढ्ने निर्णय गरेको हुँ।’

एक दशकभन्दा लामो समयदेखि स्पेनको नेपाली समुदायमा सामाजिकरुपमा सक्रिय गिरी सन् २०१५- २०१७ को कार्यकालमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य थिए। यस्तै सन् २०१३- ०१५ को कार्यकालमा राष्ट्रिय समन्वय परिषद स्पेनमा अध्यक्ष समेत बने।

नेपाल पर्यटन बोर्डका स्पेनस्थित मानार्थ प्रतिनिधिसमेत रहेका गिरीले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत बिभिन्न कार्यदलहरुमा रहेर जिम्मेबारी समेत निभाएका छन्।

उनले विनाशकारी भूकम्प जादा स्पेनमा राहत संकलन कार्यको संयोजन गरेका थिए। करिब सवा करोड रुपैयाँ एनआरएन केन्द्रमा संकलन गरी पठाउँदा उनको नेतृत्वदायी भूमिका रह्यो।

उनले स्पेनको म्याड्रिड महानगरपालिका र लुम्बिनी सास्कृतिक नगरपालिकाबीच ऎतिहासिक सम्झौता गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

यस्तै स्पेनी लिगाको चर्चित फुटबल क्लव एथ्लेटिको म्याड्रिड र वेष्ट काठमाडौं फुटबल क्लवबीच सहयोग सम्झौताका लागि पनि उनले पहल गरे।

एनआरएनए युरोप उपसंयोजक गिरीले लुम्बिनी गार्डेन फाउन्डेसनको अबधारणा पनि अघि सारेका छन्। एनआरएनएको रोम युरोपेली बैठकको

बिशेष समारोहलाई सम्बोधन गर्दै उनले म्याड्रिडमा निर्माणमा हुने लुम्बिनी गार्डेनको महत्वकाक्षी योजनाबारे जानकारी गराएका थिए।

लुम्बिनी नगरपालिका,म्याड्रिड नगरपालिका, साइलल्पा फाउन्डेसन, एनआरएनए आईसीसी,बुदिष्ट फेरेडेसन स्पेन,बुद्व लुम्बिनी ग्रुपको संयुक्त प्रयासमा अरवौ रुपैयाँको लगानीमा लुम्बिनी गार्डेनको प्रोजेक्ट अघि सारिएको हो।

गिरीले एनआरएनए स्पेन,राजनीतिक दल निकट संगठन लगायत बिभिन्न संघसंस्थाहरुले आ-आफ्नो तवरबाट सहयोग गर्दै अघि बढ्न आँफूलाई प्रोत्साहन गरेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment