Comments Add Comment

स्टान्डर्ड चार्ट बैंक नेपाललाई [ICRANP-IR] AAA रेटिङ

२ असोज, काठमाडौं । स्टान्डर्ड चार्ट बैंक नेपालले [ICRANP-IR] AAA  रेटिङ पाएको छ । यो नेपालमा अहिलेसम्म कुनै बैंकले पाएको सबैभन्दा उच्च रेटिङ हो ।  यो रेटिङले बैंकको ‘लो कस्ट करेन्ट एन्ड सेभिङ एकाएन्टस्’ (सीएएसए)लाई गत असार मसान्तसम्म ५५ प्रतिशत राखेको देखाएको छ । जबकी समग्र बैंकिङ क्षत्रेमा यस्तो दर ४३ प्रतिशत छ ।

यो बैंकको ‘कस्ट अफ फन्ड’ ४.१७ प्रतिशत छ । जुन समग्र निजी क्षेत्रमा सबैभन्दा कम हो । समग्रमा यस्तो ‘कस्ट अफ फन्ड’ ६.४८ प्रतिशत छ ।  यसले बैंकको प्रतिस्पर्धी क्षमतालाई देखाएको छ ।

यो बैंकको ‘क्यापिटल टु रिस्क वेटेड रेसियो’ (सीआरएआर) २० प्रतिशत छ । सन् १९८७मा स्थापना भएको बैंकले नेपालको समग्र वित्तीय क्षेत्रमा योगदान दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment