Comments Add Comment

सीमा वारपारको व्यापार सम्बन्धी सूचना सफ्टवेयरमा

२ असोज, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको सीमा वारपार व्यापारबारे सबै सूचना समेटेर नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बिहीबार नेपाल व्यापार सूचना पोर्टलको उद्घाटन गरे ।

नेपालको क्रस बोर्डर व्यापार, लगानी तथा व्यापारसंग सम्बन्धित सम्पूर्ण कानून पोर्टलमा समावेश छ । क्रस बोर्डर ब्यापारसंग सम्बन्धित सबै बिषय पारदर्शी बनाउन सफ्टवेयर महत्वपूर्ण हुने मनत्री मातृका प्रसाद यादवले बताए । सूचना केन्द्रलाई प्रभावकारी बनाउन निजी क्षेत्रसहित सबै पक्षले सहयोग गर्नु जरुरी भएको उनको भनाइ थियो ।

नेपाल व्यापार सुचना केन्द्र वेबसाईट व्यापार घाटा न्यूनिकरण गर्न सरकारले थालेको डिजिटल मार्केटिङ भएको वाणिज्य सचिव डा. वैकुण्ठ अर्याल बताउँछन् । सचिव अर्यालका अनुसार वेवसाईटमा नेपाली किसानले राख्ने प्रोफाईल हेरेर संसारभरबाट नेपाली वस्तु किन्ने अफर गर्न सकिन्छ ।

‘कुनै देशले अरु कुनै मुलुकसँग केही वस्तु किनिरहेको छ, त्यो वस्तु महँगो छ वा खरिद प्रक्रिया झण्झटिलो छ भने हाम्रो यो वेवसाईट हेरेर नेपालबाट ती वस्तु खरिद हुन सक्छ,’ सचिव अर्यालले भने ।

उक्त वेवसाइटमा नेपाली उत्पादन, निर्यात तथा आयातकर्ता व्यवसायीको प्रोफाईल, नेपालले व्यापार गरिरहेका बिभिन्न देशसँगको व्यापार अवस्था, नेपाली वस्तुको सम्भावित बजार र त्यस देशका कानूनबारे सबै विवरण समेटिएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले जानकारी दिए । विश्व बैकको साढे १२ लाख डलर सहयोगमा करिब तीन वर्ष लगाएर यसको निर्माण गरिएको ब्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment