Comments Add Comment

महतोको चुनौती : दिपावली नगर्नेलाई राष्ट्रघाती भन्नुस्

२ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले उर्जी जारी गर्दैमा संविधान दिवस नमनाउने बताएका छन् । सिंगो सरकारले समेत संविधान दिवस मनाउन सक्ने अवस्था नरहेको उनले बताए ।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजपा नेता महतोले सरकारमा रहेका सबै पार्टी र देशभरका सरकारले संविधान दिवस मनाएर देखाउन चेतावनी दिए ।

केन्द्र सरकारमा रहेका समाजवादी पार्टीले संविधान दिवसमा दिवापली पनि नगर्ने, कालो दिवस पनि नमनाउने निर्णय गरेको छ । त्यसतर्फ उनले उनले भने, ‘हामीले मनाएनौं ठीकै छ, सरकारमा रहेका पार्टी र नेताले मनाउँछ कि मनाउँदैन ?’

सरकारले उर्दी जारी गर्दैमा दिपावली नमनाइने बरु ब्लाक आउट हुने उनको दाबी छ । महतोले संविधान दिवस नमनाउनेलाई राष्ट्रघाती भन्न सरकारलाई चुनौती दिए ।

‘मधेसीले मनाउँदैन, राष्ट्रघाती भनिरहेको थियो । अब संविधान दिवस थारुले पनि नमनाउने, उनीहरुलाई पनि राष्ट्रघाती भन्नुस् । पहाडका जनजातिले पनि नमनाउने, उनीहरुलाई पनि राष्ट्रघाती भन्नुस् । त्यसो भए राष्ट्रवादी को त ?’ उनले प्रश्न गरे ।

बहुसंख्यक जनता दिवावली गर्ने पक्षमा नरहेको भन्दै उनले गाइजात्रे हिसाबले संविधानलाई ब्यवहार नगर्न आग्रह गरे । ‘एकल जातीय अहंकारबाट देशलाई मुक्ति दिनुस् । हिमाल, पहाड, तराई मधेसमा बस्ने सबैको देश हो । सबैको देश नबनाएसम्म सबैको लागि त्यो संविधानमा स्पेस नबनाएसम्म सबैको स्वामित्व हुने गरी नबनाएरसम्म दिवस उवस हुँदैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment