+
+
Shares

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, आमा घाइते

पूर्वी नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते २१:५१

४ असोज, काठमाडौं । पूर्वी नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । बालिकाकी आमा घाइते भएको प्रहरीले जनाएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती–८ फलफूल चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

घटनामा मोटरसाइकलमा सवार १७ महिनाकी बालिकाको मृत्यु भएको छ ।  मोटरसाइकलको पछाडि सवार अर्घाखाँची घर भई हाल कावासोती–११ कुडौली बस्दैआएकी २५ वर्षीया पुष्पा चौहान घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा चौहान बेहोस अवस्थामा रहेको र उनलाई नवलपुर अस्पतालबाट थप उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको छ ।

मोटरसाइकल चालक ३२ वर्षीय सूर्य बीसी भने सकुशल रहेका छन् ।

ट्रक र ट्रक चालक बाराको सिमरा– १४ का सौरभ खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?