Comments Add Comment

देउवालाई नेम्वाङको जवाफ-सिंहदरबारको गेटमा कुटाइ खाएको बिर्सेका छैनौं

२ असोज,काठमाडौं । संघीय संसदको अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको रोष्टममा उभिएर प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सत्तापक्षका उपेनता सुवास नेम्वाङबीच सवाल जवाफ भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिपक्षमाथि दमन गरेको कांग्रेस सभापति देउवाको आरोपलाई संसदको नेम्वाङले रोष्टमबाटै व्यंग्यात्मक जवाफ दिँदै बिगतमा कांग्रेसबाट आफूहरु दमनमा परेको स्मरण गराएका हुन् ।

देउवापछि बोल्ने पालो पाएका पूर्वसभामुख नेम्वाङले कांग्रेससँग आफूहरुले प्रतिपक्षको हैसियतले लामो समय सहकार्य गरेको भन्दै बिगतमा आफूहरुले भोगेजस्तो अवस्था अहिलेको प्रतिपक्षमाथि आउन नदिने बताए । उनले भने, ‘हामीलाई त्यो बेलाका भोगाई झल्झली सम्झनामा छन् । सत्तापक्षले चिन्न सजिलो होस् भनेर दौरा सुरुवाल टोपी लाएर जनतासँग भेट्न जाँदै गर्दा सिंहदरबारको गेटमा चेप्टिने गरी धुमधाम कुटाइ खाएको पनि झल्झली सम्झना छ । हामीले ती घटनाबाट सिकेको छौं, हाम्रो पालामा त्यस्तो हुन दिँदैनौं ।’

कांग्रेस सभापति देउवाले बाँके घटनाको प्रसंग ल्याउँदै आफूहरुमाथि सत्तापक्ष दमनमा उत्रिएको आरोप लगाएका थिए ।

नेम्वाङले सम्झिएको घटना भने देउवा गृहमन्त्री हुँदा २०४९ सालतिरको हो । नेम्वाङले भने, ‘मैले कतैतिर टिप्पणी गरेको होइन । हिजो कसले कहिले के गर्नुभयो भन्नेतिर म जान खोजेको होइन । हाम्रा हिजोका पृष्ठभूमि पनि थाहा छ । तर प्रतिपक्षका रुपमा हामीले भोगेका सम्पूर्ण भोगाइहरु हामीलाई झल्झली सम्झना छ ।’

कांग्रेसले पटकपटक संसद अवरोध गरेकोतर्फ संकेत गर्दै नेम्वाङले अब कहिल्यै संसद अवरोध नहुने व्यवस्था गर्न विशेष समिति बनेको बताए ।

त्यो विशेष समितिको म्याद थपिएको जानकारी दिँदै आउने अधिवेशनबाट संसद कहिल्यै अवरोध नहुने गरि विशेष व्यवस्था हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment