Comments Add Comment

सरकारले २० हजार मेट्रिक टन चिनी आयात गर्ने

२ असोज, काठमाडौं । मुख्य चाडवाडमा अभाव सिर्जना हुन नदिन सरकारले २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गलाई उक्त परिमाणमा चीनी खरिद गर्न मन्त्रीपरिषदले अनुमति दिएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्नेगरी स्वीकृति दिइएको छ ।

चाडपर्वको समयमा व्यापारीले चिनीको कृत्रिम अभाव देखाइ मूल्यवृद्धि गर्नसक्ने भएकाले सरकारले बजारमा हस्तक्षेप गर्न चिनी आयात गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महानिर्देशक योगेन्द्र गौचनले बताए । मन्त्रीपरिषदले स्वीकृति प्रदान गरेकाले चाँडै नै बोलपत्र निकालेर चिनी खरिद प्रक्रिया थालिने उनको भनाइ छ ।

यस्तै मन्त्रीपरिषद् बैठकले नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकनका लागि बार्ता टोली गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment