
२६ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गरिने बताएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । श्वेतपत्रमार्फत् विद्युत प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको उनको भनाइ थियो ।
‘श्वेतपत्रमा अहिलेको जे यथार्थ हो त्यो ल्याइदिएको हो । त्यसको राम्रोसँग अध्ययन गर्नको लागि म सबैलाई सल्लाह पनि दिन चाहन्छु । हामी प्राधिकरणको पछिल्लो अवस्थाको डिडीए गराउँछौं,’ उनले भने ।
अब मुलुकमा लोडसेडिङ नहुने समेत मन्त्री खड्काले स्पष्ट पारे ।
प्राधिकरणले गत शुक्रवार श्वेतपत्र जारी गर्दै सहायक तथा संवद्ध कम्पनीहरूको प्रवद्र्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ संस्थागत जमानत प्रदान गरेको जनाएको थियो ।
बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँ अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको जानकारी गराएको थियो ।
प्रतिक्रिया 4