News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई विदेश जानुअघि अदालतबाट अनुमति लिन आदेश जारी गरेको छ।
- खड्कामाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको थियो र श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
- जेनजी आन्दोलनका क्रममा खड्काको घरमा तोडफोड र आगजनी भएको थियो र जलेका नोटका केही टुक्रा विभागले संकलन गरेको छ।
३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई विदेश जानुपरे अदालतबाट अनुमति लिनू भनी आदेश जारी गरेको छ ।
उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको थियो ।
उनको पक्राउ गैरकानुनी भएको भन्दै श्रीमती श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । थापा चैत १५ गते पक्राउ परेका थिए ।
उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै थुनामुक्त गर्न र विदेश जानुअघि अनुमति लिन आदेश जारी गरेको हो ।
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो ।
कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्वीर र भिडियो पनि सार्वजनिक भएका थियो । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।
प्रतिक्रिया 4