Comments Add Comment

उपकरणमा समस्या देखिएपछि काठमाडौंमा ठूला जहाज अवतरण रोकियो

२ असोज, काठमाडौं । दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।

विमानस्थलमा केही प्राविधिक समस्या आएको र त्यसबारे बुझ्ने काम भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए । उनका अनुसार भीओआर र डीएमई उपकरण १०ः४८ मा बिग्रिएको थियो । १२ः२० मा यसको मर्मत सकिएको छ ।

७ वटा अन्तरराष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भइरहेका छन् । यी उपकरणले विमानस्थल र जहाजबीचको दूरी र जहाज रहेको दिशा पत्ता लगाउँछन् ।

भीओआर/डीएमआईको रेडियो स्टेशनले फालेको सिग्नललाई पिछा गर्दै जहाजहरु विमानस्थलमा अवतरण गर्छन् । आन्तरिक उडान भने सामान्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment