Comments Add Comment

‘जयाललिता’ बन्न कंगनाको यस्तो मिहिनेत

बलिउडमा नायिका कंगना रनावत अन्य बलिउडकर्मीको निशानामा छिन् । तर, उनलाई यसले खासै फरक पारेको छैन । कंगना आफ्नो अभिनयका कारण सधै नै चर्चामा छिन् । उनी, अब भारतकी चर्चित राजनीतिज्ञ स्वर्गिय जयाललिताको बायोपिकमा काम गर्दैछिन् । यो चलचित्रलाई तामिल र हिन्दी भाषामा तयार गरिदैछ । तामिल भाषमा चलचित्रको नाम ‘थलाइभी’ र हिन्दी भाषामा चलचित्रको नाम ‘जया’ राखिएको छ ।

कंगना केही दिन अगाडि मात्र अमेरिकाको लस एन्जल्स पुगेकी थिइन् । प्रोथेटिक्सका लागि उनी अमेरिका उडेकी हुन् । चलचित्रको मेकरले हलिउडका चर्चित आर्टिस्ट जासोन क्लोइन्सलाई चलचित्रका लागि चयन गरेको छ । अहिले उनको स्टूडियोमा नै कंगनाको लुक्स परिवर्तन गर्ने काम भैरहेको छ ।

कंगनाको टिमले ट्विटरमा सार्वजनिक गरेको तस्वीरमा लेखिएको छ–‘कंगना अहिले कृत्रिम अंग मापनका लागि जासोनको स्टूडियोमा छिन् ।’ जासोनले यसअघि ‘क्याप्टेन मार्भल’ जस्तो चलचित्रमा काम गरिसकेका छन् । कंगनाको यो मिहिनेत हेर्दा पनि जयाललिता बायोपिक विशेष हुने अनुमान लगाउन सकिन्छ ।

कंगनाको जन्मदिनको अवसर पारेर मार्च महिनामा यो चलचित्रको घोषणा गरिएको हो । कंगना आफैले, जयाललिता शताब्दीकै सफल महिला नेतृ भएको भन्दै उनको बायोपिकमा काम गर्न पाउँदा खुशी लागेको उल्लेख गरेकी थिइन् ।

कंगनाले जयाललिताको बायोपिक आफ्नो कथासँग धेरै हदसम्म मिल्ने पनि उल्लेख गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment