Comments Add Comment

टोल विकासमा सूर्यदर्शनको सक्रियता

४ असोज, काठमाडौं । तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहराले गाउँ विकासका लागि उपभोक्ताको सक्रियता महत्वपूर्ण हुने बताएका छन् । उपभोक्ताहरुले ध्यान नदिए विकास देखावटीमात्रै हुने भन्दै विकास निर्माणमा उपभोक्ताहरुको भूमिका महत्वपूर्ण हुने मेयर बोहराले बताए ।

जनप्रतिनिधिलाई विकास निर्माणका लागि झक्झाकाउन पनि उपभोक्ताहरुको सक्रिय भूमिका हुनु पर्ने उनले बताए । तारकेश्वर नगरपालिका वडा नम्बर ९ स्थित सूर्यदर्शन टोल सुधार समितिले आयोजना गरेको विकासका लागि स्थानीय तहको सहयोग र समुदायको सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मेयर बोहराले यस्तो बताएका हुन् ।

उनले टोल विकासका लागि उपभोक्ता स्थानीय तहले हातेमालो गरेर अघि बढ्नु पर्ने समेत बताए । कार्यक्रममा वडा नं ९ का वा अध्यक्ष बलराम सिटौलले स्थानीय टोलको सामाजिक विकासका लागि स्थानीय निकाय हातेमाले गरेर अगाडी बढ्न तयार रहेको बताए ।

कार्यक्रम नेपाली काग्रेस महाधिवेसन प्रतिनिधि एवं युवा नेता इन्द्रमान महर्जनले सूर्यदर्शन टोलको ढल निकास निर्माणका लागि समाजमा रहेको भ्रमलाई यस कार्यक्रमले प्रष्ट पारिदिएको बताउदै टोलको सामाजिक विकासका लागि सांसद कोषको बजेट उपलब्ध गरिदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

छलफल कार्यक्रममा नेकपा काठमाडौं जिल्ला समिति सदस्य पार्वती पाण्डे, नवीन टोल सुधार समितिका अध्यक्ष शुशान्त न्यौपाने, रिपब्लिक सहकारीका अध्यक्ष मदन अधिकारी लगायतले विकासका लागि समुदायको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।

कार्यक्रमका सभापति एवं टोल सुधार समितिका अध्यक्ष रुद्रराज सिंहले प्रमुख अतिथि लगायतका अन्य अतिथिहरुलाई कार्यक्रममा सहभागीता जनाईदिनुभएकोमा धन्यवाद व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा टोल सुधार समितिको प्रगति प्रतिवेदन कार्यक्रमका संयोजक एवं समितिका उपाध्यक्ष भरतराज उप्रेतीले प्रस्तुत गरेका थिए ।

सूर्यदर्शन टोल सुधार समितिले नजिकिदो वडा दशैंकको अवसर पारेर छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोना गरेको हो । समितिले कार्यक्रमको अवसर पारेर टोल विकासका लागि योगदान दिने व्यक्तित्वहरुलाई सम्मान समेत गर्यो ।

कार्यक्रममा समाजसेवी, लव कुमार बस्नेत, दिलकाजी महर्जन, इन्द्रमान महर्जन, मनमैजुदेवी मन्दिर गुठी लाई विशेष सम्मान गरिएको थियो । साथै समितिका संस्थापक अध्यक्ष डम्बर बहादुर अधिकारी लगायतको पूर्वपदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

टोलको विकासमा आर्थिक एवं सामाजिक सहयोग गर्ने टोलवासीहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो भने आयोजित कार्यक्रमलाई सहयोग गर्नेहरुलाई मायाको चिनोद्धारा सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुर्वे) को हस्य व्यंग्य प्रस्तुति समेत राखिएको थियो । उनले स्थानीय जनप्रतिनिधिलाई व्यगंद्वारा विकासमा काममा लाग्न झक्झकाएका थिए । कार्यक्रममा जीवनज्योति स्कूलका बिद्यार्थीहरुले लोकसँँस्कृतिक नृत्य प्रदर्शन गरी मनारेञ्जन प्रदान गरेका छन् ।

कार्यक्रमले टोलवासीलाई थप एकतावद्ध हुन मद्दत गरेको संस्थाका काेषाध्यक्ष एंव कार्यक्रम व्यवस्थापक आशिष केसीले बताए । नगरभित्र पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिदै अब हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरिने केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment