६ भदौ, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता कात्तिक अन्तिम सातादेखि सुरु हुने भएको छ ।
क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पीपीएल कात्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको क्वीन्सले दोस्रो संस्करणको पनि मिति तय गर्दै भव्यताको साथ सम्पन्न गर्ने बताएको छ ।
पोखरामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिम रहेका छन् । जसमा साविक विजेता पोखरा पल्टनसँगै, विराटनगर टाइटान्स, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुस रहेका छन् ।
प्रतिक्रिया 4