Comments Add Comment

केन्द्र सरकारले कानून नबनाउँदा काम गर्न समस्या भयो : मुख्यमन्त्री पोखरेल

७ असोज, रुपन्देही । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले केन्द्र सरकारले कानुन बनाउन ढिलाइ गर्दा आफूहरुलाई काम गर्न समस्या भएको बताएका छन् ।

प्रदेश समन्वय परिषद बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारले कानुन नबनाइदिँदा साझा सूचीका अधिकार कार्यान्वयन गर्न समस्या भएको बताएका हुन् ।

संघीय कानून नबन्दा प्रदेश सरकारले आवश्यक कानूनहरु बनाउन नसकेको र कानुन अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको उनले बताए ।

गत वर्षको बजेट खर्चको अनुपातले प्रदेश नम्बर ५ अन्य प्रदेशको तुलनामा अगाडि रहेपनि जन चाहनाअनुसार भने काम हुन नसकेको पोखरेलले बताए ।
यो पनि पढ्नुहोस प्रदेश ५ का सबै स्थानीय तहमा भू-उपयोग योजना

बैठकमा प्रदेश नम्बर ५ का १ सय ९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति थियो । बैठकमा सहभागीहरुले प्रदेशबाट योजना बन्ने तर अनुगमन नहुँदा कार्यान्वयनमा समस्या रहेको र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगर्ने गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले यस वर्ष प्रदेशको कूल गाह्रस्थ उत्पादन ७.४ प्रतिशत रहेकोमा पाँच वर्षको अवधिमा ९.५ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment