Comments Add Comment

दशैंका लागि ८ दिन देशभर सार्वजनिक सवारीलाई रुट इजाजत खुला

७ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

विभागले नेपालीको महान् पर्व दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज १२ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।

इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन ।

इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुनेछ । दशैंको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुने भएको हो ।

विभागले सो समयमा सामान बोकेर नारायणगढको बाटो भएर काठमाडौं भित्रिने मल्टि एक्सन ट्रयाम्क्टर ट्रेलरलाई सञ्चालनमा रोक लगाएको छ । यस्ता सवारी गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले असोज १२ देखि १९ सम्म नारायणघाटबाट काठमाडौं आउन रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment