Comments Add Comment

अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग

८ असोज, विराटनगर । बुधबार दिउँसो विराटनगरको गुद्री बजारमा माछा–मासु पसल सञ्चालकहरुको भागाभाग भएको छ । स्थानीय प्रशासनले गर्ने गोप्य अनुगमनको सूचना चुहावट भएपछि गुद्री बजारका मासु पसल सञ्चालकहरुको भागाभाग भएको हो ।

गुद्री बजारमा अधिकांश मासु पसल मापदण्ड विपरीत छन् । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । तर अनुगमन टोली पुग्दा अधिकांश मासु पसल सञ्चालकहरु भागेका हुन् ।

जिल्ला प्रशसन कार्यालय मोरङका प्रशासकीय अधिकृत डमरुबल्लभ बरालको नेतृत्वमा अनुगमन टोली पुग्दा बजारमा रहेका २० भन्दाबढी मासु पसलमध्ये आधा मात्र पसल खुलेका थिए ।

सञ्चालक भेटिएका पसलहरु चिटिक्क अवस्थामा भेटिएको बराल बताउँछन् । ‘अरु बेला बजार जाँदा झिगा भन्किएको फोहोर देख्दा मासु पसल अनुगनमन गर्नुपर्छ भन्ने लाग्यो’ बराल भन्छन् ‘आज हामी पुग्दा केही पसले भागे, भएकाहरुको पसल सफा थिए ।’ सूचना चुहावट भएका कारण पसलहरुले सरसफाइन गरेको हुनसक्ने उनले बताए ।

दशैंमा व्यापारीलाई सचेत गराउने उदेश्यले गरिएको अनुगमनका क्रममा पसलमा भेटिएकाहरुलाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको बरालले बताए । ‘अनुगमनअघि स्टेक होल्डरबाहेक कसैलाई जानकारी दिइएको थिएन् उनले भने ‘ यहाँ त अग्रिम सूचना पाएजस्तो देखियो, सबै पसल सफा छन् ।’

बुधबार दिउँसोे हतारमा देखिएका व्यापारीहरु पसलको बाहिरी र भित्री सजावट गरेका थिए । अनुगमन टोलीको नेतृत्व गरेका बरालकै अगाडिबाट मोटरसाइकलमा क्यारेटमा राखेर बिग्रिएका माछा फाल्न व्यापारीहरु दौडिरहेका थिए ।

‘अरु बेला बजार जाँदा झिगा भन्किएको फोहोर देख्दा अनुगनमन गर्नुपर्छ भन्ने लाग्यो’ बराल भन्छन् ‘आज हामी जादा केही पसले भागे भएकाहरु सफा थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment