Comments Add Comment

कोसी पीडितहरुको आन्दोलन स्थगित

९ असोज, विराटनगर । डुबान तथा कटानको क्षतिपूर्ति माग गर्दै आएका कोसी पीडितहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । कोसी पीडित संघर्ष समितिका अध्यक्ष महिदेवप्रसाद चौधरीले दशैं नजिकिएकाले आन्दोलन स्थगित गरेको जानकारी दिए ।

कोसी सम्झौताअनुसार राहत र क्षतिपूर्ती नपाएको भन्दै कोसी नदी कटान डुबान, पीडित संघर्ष समितिका नामबाट साउन ३२ गतेदेखि उदयपुर, सुनसरी र सप्तरीका किसानहरुले आन्दोलन गर्दै छन् । बाँधका कारण डुबानमा परेको ५६ हजार विघा जग्गाको क्षतिपूर्ति पाउनुपर्ने उनीहरुको माग छ ।

तत्कालीन सिंचाइ मन्त्री महेन्द्र रायको पालामा ०६७ सालमा कोसी प्रभावित ७ हजार ६ सय ६३ विघा ८ कठ्ठा २ धुर जग्गाका धनीलाई प्रतिविघा १ लाख पाँच हजार रुपैयाँको दरले ८० करोड क्षतिपूर्ति दिने आश्वासन दिएको भारतले एक दशक बितिसक्दा पनि रकम पठाएको छैन ।

सप्तकोसी नदीमा बाँध बनाएका कारण कोसी नदीको पानी बेलाबखत नेपाली वस्तीमा पस्ने र नेपालीहरु विस्थापित हुने क्रम दशकौंदेखि जारी छ । यही क्रममा २०१८ सालदेखि २०२८ सालसम्मका पीडितहरु आन्दोलनमा उत्रिएका हुन् । त्यसअघिका पीडित र ०६५ सालको बाढीबाट विस्थापित बनेकाहरु भने अहिलेसम्म मौन छन् ।

यो पनि पढ्नुहोस ‘राष्ट्रवादी सरकारले सुनेन कोसीपीडितको आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment