Comments Add Comment

एनआरएनए युरोप उप-संयोजकमा गुरुङको उम्मेदवारी घोषणा

बार्सिलोना। गैरआवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उप-संयोजक पदमा स्पेनका मुक्तबहादुर गुरुङले उम्मेदवारी दिने भएका छन्।

एनआरएनए स्पेनको नेतृत्व सम्हालिसकेका गुरुङले संघको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप क्षेत्रको उप-संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

गुरुङले २०१७ -२०१९ कार्यकालमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा रही काम गरेका थिए । एक दशकभन्दा लामो समयदेखि एनआरएन अभियानमा आँफू प्रत्यक्ष संलग्न रहेको बताउँदै गुरुङले युरोप क्षेत्रका लागि आफ्नो दावी स्वभाबिक रहेको बताएका छन्।

मंगलबार बार्सिलोनामा सम्पन्न एनआरएनए स्पेनको नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै गुरुङले उम्मेदवारी दिनेबारे औपचारिक घोषणा गरेका हुन्। उनले भने,’युरोप क्षेत्रमा एनआरएनए स्पेन अति सक्रिय एनसीसी राष्ट्र हो। यसको नेतृत्व लिइसकेको अनुभव र आईसीसी सदस्यमा रही काम गरेपछि अव युरोप उपसंयोजकमा रही काम गर्ने इच्छा आउनु स्वभाविक हो। त्यसमा पनि थुप्रै अग्रजहरुको सर-सल्लाहपछि नै मैले अघि बढ्ने निर्णय गरेको हुँ।’

सन् २००७ देखि नै एनआरएनए अभियानमा सक्रिय उनि २००९ मा सम्पन्न एनआरएनए स्पेनको पहिलो अधिबेशनबाट नै उपाध्यक्ष पदमा रही काम गरे।

सन् २०११-२०१३ को कार्यकालमा संघको सल्लाहकारको भूमिकामा रहेका गुरुङलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्का बिभिन्न कार्यदलमा रही काम गरेको अनुभव पनि छ।

एनआरएनए स्पेनको नेतृत्व सम्हालेपछि गुरुङले संघको आफ्नै कार्यकाल स्थापना गर्न सफल भएका थिए। उनकै नेतृत्व र पहलमा बार्सिलोनामा स्थापना भएको कार्यालय बिगत ४ वर्ष देखि निरन्तर संचालनमा रहदै आएको छ।

झोलामा सिमित एनआरएनलाई अफिसमा परिणत गर्न संघका पूर्वकेन्द्रीय अध्यक्ष डा.शेष घले, वर्तमान अध्यक्ष भवन भट्ट लगायतका एनआरएन अभियन्ताहरुले समेत उनको अभियानलाई साथ दिदै आर्थिक सहयोग गरेका थिए।

‘बिगत एक दशक देखि यहाँ स्थित नेपालीहरुले बिभिन्न समस्याहरु झेल्नु परेको भन्दै दूताबास स्थापनाको माग गर्दै आएका थियौ। संयोगवश संघको नेतृत्व मैले नै सम्हाल्दैगर्दा बर्षौदेखिको मेहनत खुशीमा परिणत भएको थियो,’ उनले भने।

स्पेनबाट प्रचुर पर्यटनको सम्भावना भएपनि दूताबासको सहकार्यमा अपेक्षाकृत प्रर्वद्वनका कार्यक्रमहरु हुन नसकेको भन्दै त्यसका लागि पनि आफ्नो उम्मेदवारी रहेको गुरुङले बताए। उनले भने, ‘एनआरएनए र दूताबास मिलेर आर्थिक कुटनीतिका अरु थुप्रै कार्यक्रमहरुमा जोडिन सक्छौ। भ्रमण वर्ष २०२० लाई सफल पार्न र समृद्ध नेपालका लागि हातेमालो गर्न युरोप क्षेत्रको नेतृत्वमा रही काम गर्ने मेरो लक्ष्य हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment