+
+
Shares

सांसद बमको प्रश्न– बाढी प्रभावितमाथि प्रशासनिक झन्झट थपिए राज्य भएको अनुभूति कसरी गर्ने ? 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले भोटेकोशी बाढीबाट काठमाडौं क्षेत्र नम्बर ४ का नागरिक र आफन्त पनि प्रभावित भएको बताए ।
  • उनले प्रभावितलाई प्रशासनिक झन्झटबाट मुक्त गराउन र क्षतिपूर्ती, बीमा, राहत वितरण, मृत्यु दर्तामा लचिलो हुन आग्रह गरे ।
  • बमले विपद्मा एकल महिला र पहुँचविहीन नागरिक बढी मारमा परेको भन्दै सरकारले उनीहरूको अपनत्व लिनुपर्ने बताए ।

३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले भोटेकोशी बाढीबाट काठमाडौं क्षेत्र नम्बर ४ का नागरिक र आफन्त पनि प्रभावित भएको बताएका छन् ।

आफू प्रभावित परिवारसँग भेटेर आएको भन्दै उनले प्रतिनिधिसभाको बैठकमा यस्तो बताएका हुन् ।

प्रभावितलाई भेट्दा देखेको दृश्य भन्दै उनले सबैभन्दा पहिले प्रभावित नागरिकलाई प्रशासनिक झन्झटबाट मुक्त गराउनुपर्ने बताए ।

‘शारिरीक, मानसिक र मनोवैज्ञानिक आघातमा परेका नागरिकमाथि प्रशासनिक झण्झट थपिँदा उनीहरूले राज्य भएको अनुभूति कसरी गर्ने ?,’ उनको प्रश्न छ ।

क्षतिपूर्ती, बीमा, राहत वितरण, मृत्यु दर्ता लगायतका प्रक्रियामा लचिलो र मानवीय हुनुपर्ने उनको आग्रह छ ।

विपद्मा ठूलो मारमा एकल महिला र राज्य समक्ष पहुँच नभएका नागरिक परेको बताए ।

पहुँचविहीन नागरिकको अपनत्व सरकारले लिनुपर्ने आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?