Comments Add Comment

मुख्यमन्त्रीको नक्कली फेसबुकबाट कार्यालय प्रमुखलाई निर्देशन

१२ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नक्कली फेसबुक एकाउन्टबाट गलत क्रियाकलाप भएको पाइएको छ ।

मुख्यमन्त्रीको नाममा खोलिएको नक्कली फेसबुक एकाउन्टबाट केही व्यक्ति र सरकारी निकायका प्रमुखलाई म्यासेज गएपछि गलत क्रियाकलाप भएको थाहा भएको हो ।
नक्कली फेसबुक चलाएका व्यक्तिले उक्त एकाण्टबाट केही व्यक्तिहरु र सरकारी निकायका प्रमुखहरुलाई निर्देशन दिने र विभिन्न आयोजना दिन सिफारिस गर्ने गरेको पाइएको मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

मुख्यमन्त्रीकै नक्कली फेसबकु बनाएर गलत क्रियाकलपा भएको जानकारी भएपछि सचिवालयले कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ ।

सचिवालयले आइतबार विज्ञप्ति प्रकाशित गरी मुख्यमन्त्रीको नक्कली फेसबुक एकाउण्ट बनाएर अवाञ्छित क्रियाकलाप सञ्चालन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘सामाजिक सञ्जाल फेसबुकमा माननीय मुख्यमन्त्रीज्यूको नाममा नक्कली अकाउन्ट बनाई अवाञ्छित क्रियाकलाप भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्रीको सचिवालयले मुख्यमन्‍त्रीको आधिकारिकबाहेकका एकाउन्ट नक्कली रहेकोले यसबाहेकका फेसबुक एकाउन्टबाट कुनै गतिविधि भएको थाहा पाए जानकारी गराउन आग्रह गरेको छ ।

यसअघि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको पनि नक्कली फेसुबुक एकाउण्ट बनाएर केही म्यासेर र पोष्टहरु भएको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment