+
+
Shares

सुनसरीमा पेस्तोल र लागूऔषधसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १७:२६

१२ असोज, सुनसरी । बर्जु गाउँपालिका-३ अमडुवाबाट प्रहरीले आइतबार पेस्तोल र लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहवीको टोलीले मोरङ सुन्दरहरैचा नगरपालिका-५ मगर टोल बस्ने २७ वर्षीय करणकुमार चौधरी र सोही ठाउँका १ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरेको हेा ।

उनीहरुको साथबाट मेड इन यूएसए लेखेको एउटा पेस्तोल, त्यसको २ वटा म्याग्जिन, ३ राउण्ड गोली र लागूऔषध फेनार्गन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाइजेल्याव ३५ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?