Comments Add Comment

छुटेका ओलम्पियनलाई भत्ता दिन अनुरोध

१४ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियनहरुलाई दिँदै आएको मासिक भत्तामा केही छुटेका ओलम्पियनहरुलाई दिन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले अनुरोध गरेको छ ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मंगलबार राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई छुटेका ओलम्पियन खेलाडीलाई भत्ता दिन लिखित रुपमा आग्रह गरेको हो ।

भत्ता पाउन छुटेका ओलम्पियनहरुमा एथ्लेटिक्सका बैकुण्ठ मानन्धर, तेक्वान्दोकी संगीना वैद्य, एथ्लेटिक्सका राजेन्द्र भण्डारी, तेक्वान्दोका दीपक विष्ट, भारत्तोलनका कमलबहादुर भण्डारी र एथलेटिक्सका टीकाबहादुर बोगटी छन्

सदस्य–सचिव सिलवालले आफू यस विषयमा सकारात्मक रहेको बताउदै सो सम्बन्धमा के गर्न सकिन्छ त्यसमा छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment