Comments Add Comment

जनकपुर अस्पतालमा अख्तियारद्वारा छानबिन शुरु

१४ असोज, जनकपुरधाम । प्रदेश २ को प्रादेशिक अस्पताल बनाउन लागिएको जनकपुर अञ्चल अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

आयोगको बर्दिबासको टोलीले मंगलबारदेखि अस्पतालमा छानबिन शुरु गरेको हो । अस्पतालमा व्यापक अनियमतता भएको उजुरी परेपछि छानबिन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्‍ता हरिप्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार अस्पतालको उपकरणसहित विभिन्‍न सामान खरीदमा व्याप्क अनियमितता भएको उजुरी परेको छ । ‘लिखितका साथै मौखिक उजुरीहरु पनि धेरै आएको छ’ उनले भने, “हामी त्यसकै अनुगमन शुरु गरेका हौं ।”

मंगलबार आयोगको बर्दिबास कार्यालयबाट नायव उपरीक्षकको नेतृत्वमा आएका चार जनाले छानबिन शुरु गरेको छ । पहिलो चरणमा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवसहित लेखा, स्टोर किपरसहितका कर्मचारीसँग सोधपुछ गरिएको छ ।

यसपछि उपकरण र सामग्री खरीद गरिएका सामानहरुको बिल, भर्पाईका साथै उपकरणहरुको पनि अनुगमन गरिनेछ । यससम्बन्धी आवश्यक कागजातहरुको अध्ययनसमेत गरिने घिमिरेले बताए ।

प्रदेश २ सरकारले जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने तयारी गरेको छ । यसका निम्ति सामाजिक विकास मन्त्रालयले चालू आर्थिक बर्षमा बजेट विनियोजनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment