+

नेपाल र सिंगापुरबीचको खेल वर्षाको कारण प्रभावित

२०७६ असोज  १५ गते १७:४६ २०७६ असोज १५ गते १७:४६
नेपाल र सिंगापुरबीचको खेल वर्षाको कारण प्रभावित

१५ असोज, काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपाल र सिंगापुरबीचको खेल वर्षाको कारण प्रभावित भएको छ । पानी परेपछि खेल  केही ढिलो गरी सुरु हुने हो ।

इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ ५ बजेर १५ मिनेटमा सुरु हुने भनिए पनि पानी परेपछि टस नै हुन सकेको छैन । खेल नहुने सम्भावना पनि बढिरहेको छ । अहिले ठूलो पानी परिरहेको छ ।

नेपालले फाइनल यात्रा तय गर्नका लागि सिंगापुरलाई पराजित गर्नु पर्ने हुन्छ । तर आजको खेलमा नेपालले सिंगापुरसँग अंक बाँडेमा पनि फाइनलमा पुग्ने सम्भावना रहन्छ तर सिंगापुरले अन्तिम खेलमा जिम्बाब्वेसँग हार ब्यहोर्नु पर्ने हुन्छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय