Comments Add Comment

सांसद सुनुवारले दिए कैदीलाई खसी उपहार

१५ असोज,ओखलढुंगा । ओखलढुंगा जिल्ला कारागारमा रहेका बन्दीलाई सांसद यज्ञराज सुनुवारले दशैं मनाउन खसी उपहार दिएका छन् ।

ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपाका जिल्ला इन्चार्ज सुनुवारले बुधवार कारागरमै पुगेर खसी प्रदान गरेका हुन् ।

ओखलढुंगा बजारमा लाग्ने बुधवारे हाटमा बेच्न राखिएकामध्ये सबैभन्दा ठूलो खसी किनेर सांसदको तर्फबाट बन्दीलाई दशैं मनाउनका लागि दिइएको हो । कारागारमा आयोजित कार्यक्रममा सुनुवारले खसी प्रदान गर्दै जेलको सुधारका लागि आफूले पहल गर्ने बताए ।

उनले सो अवसरमा कैदी बन्दीसँग अन्तरसंवाद समेत गरेका थिए । आवेश, अज्ञानता र परिबन्दले पनि धेरै मान्छे जेलमा रहेको भन्दै उनले बन्दीको दशैं रमाइलो होस भनेर आफूले हरेक दशैंमा खसी दिने गरेको बताए ।

कैदी बन्दीले जेलको अवस्था जीर्ण रहेको भन्दै सुधारको माग गरेका थिए । सो अवसरमा सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, जिल्ला प्रहरी प्रमुख पुष्प मल्ल लगायतको उपस्थिति थियो ।

सांसद सुनुवारले बिगत चार वर्षदेखि दशैं तिहारमा कैदीलाई खसी र नयाँ वर्ष तथा गणतन्त्र दिवसा अवसरमा मिसन अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment