Comments Add Comment

मेडिकल कलेजको शुल्क निर्धारण गर्न चिकित्सक संघको माग

१६ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल कलेजहरुको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ ।

चर्को शुल्क असुली गरेको भन्दै मेडिकल कलेजहरुविरुद्ध आन्दोलन भइरहँदा नेपाल मेडिकल कलेजका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले तत्काल शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका छन् ।

उनले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिअनुसार चिकित्सा क्षेत्रको सुधारमा सरकार नलागेको आरोप लगाए ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा आयोगको बैठकसमेत सरकारले नबोलाएका कारण यस क्षेत्रको समस्या समाधानका लागि आवश्यक निर्णय लिन कठिनाइ भइरहेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment