Comments Add Comment

दशैं बिदामा सिटिजन्स बैंकले नगद काउन्टर सेवा दिने

१६ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दशैं बिदाका दिनहरुमा पनि नगद काउन्टर सेवा दिने भएको छ।

बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने जानकारी दिएको छ।

विजया दशमीको दिन (असोज २१ गते ) काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा ग्राहकले पाउने छन्। उक्त दिन ११ बजेदेखि २ बजेसम्म यस्तो सेवा बैंकले दिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment