Comments Add Comment

भान्छामा छिर्न अल्छी मान्छिन् स्वस्तिमा, ऋचालाई भ्याइनभ्याई

नायिका वर्षा सिवाकोटीलाई दशैंको समयमा भान्छामा निकै खटिनु पर्ने हुन्छ । पकाउन भन्दा पनि काट्ने र पखाल्ने काममा उनको व्यस्तता रहन्छ ।  वर्षा भन्छिन्–‘पकाउनमा मेरो आमा उत्कृष्ट हुनुहुन्छ । जो कोहीले पनि उहाँले पकाएको खान खोज्नुहुन्छ । त्यसैले पनि पकाउने काम मम्मीकै हुन्छ । हामी भने तरकारी काट्ने र भाडा पखाल्ने काममा बढी व्यस्त हुन्छौ ।’

वर्षालाई दशैंमा सबैभन्दा मिठो लाग्ने परिकार भनेको खसीको पक्कु हो । त्यसपछि भुटन । तर, उनी आफूले बनाएर भने दुबै कुरा खादिनन् । उनी भन्छिन–‘आफूलाई मिठो लाग्ने चिज मिठो बनोस् भन्ने हुन्छ । मैले बनाए भने मिठो हुन्न जस्तो लाग्छ । त्यसैले मम्मीले नै बनाएर दिनुहुन्छ ।’

खासै रुची नभएर पनि भान्छामा छिर्ने नायिकामा पर्छिन्, ऋचा शर्मा । हजुरआमा, आमा, बहिनी र आफूमात्र बस्ने भएकाले नचाहेर पनि भान्छामा छिर्नुपर्ने ऋचा बताउँछिन् ।

दशैंमा विशेषगरि खसीको मासुको आइटमहरु बनाउन आफूलाई रुची लाग्ने ऋचाले बताइन् । उनी भन्छिन्–‘हाम्रो घरमा दशैंमा मात्र खसी पाक्छ । अरु बेला पाक्दैन । त्यसैले दशैंमा खसीको मासुको विभिन्न परिकारहरु नै बनाउँछु ।’ दशैंमा काक्रोको अचार पनि ऋचाको लागि विषेश लाग्छ ।

टिकाको दिन ऋचाको घरमा धेरैजना पाहुनाहरु आउनुहुन्छ । हजुरआमासँग बस्ने भएकाले पनि धेरै जना टिका थाप्न आउँछन् । आएका सबैलाई पकाएर खुवाउने काम ऋचाले नै गर्छिन् ।

नायिका स्वस्तिमा खड्कालाई भने भान्छामा छिर्न गाह्रो लाग्छ । उनी कमै मात्र भान्छामा प्रवेश गर्छिन् । कामको व्यस्तता र पकाउने कला राम्रो नभएकाले उनी कमै मात्र भान्छामा हुन्छिन् । उनी भन्छिन्–‘छिर्दै नछिर्ने भन्ने होइन । तर, एकदमै कम छिर्छु ।’

स्वस्तिमालाई दशैंमा खान मन लाग्ने परिकार यही नै भन्ने छैन । विशेषगरि खसीको मासु नै पाकिरहेको हुन्छ । जुन स्वस्तिमालाई खासै रुची छैन । स्वस्तिमा भन्छिन्–‘सामान्यतया जे पाकिरहेको छ, त्यही नै खान्छु । यही नै भन्ने छैन ।’

नायिका सुषुष्पा भट्ट शाकाहारी हुन् । दशैंमा मासु बढी पाक्ने भएकाले उनी भान्छामा कमै पस्छिन् । सुपुष्पा भन्छिन्–‘मलाई पकाउन पनि खासै आउँदैन । फेरि, भान्छामा मासु धेरै पाक्ने भएकाले कमै मात्र छिर्छु ।’

दशैंमा मासु नखाने भएपछि उनले के खान्छिन् त ? सुपुष्पा भन्छिन्–‘दशैंमा खाने भनेको पनिर आइटमहरु र अचारहरु हो । त्यस्तो विशेष केही हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment