२४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्च सम्मान गर्न सबैमा आग्रह गरेका छन् ।
सी भ्रमणको पूर्वसन्ध्यामा पोस्टर च्यात्नेलगायतका गतिविधि भइरहेका छन् । सामाजिक सञ्जालमा पनि भ्रमण विरोधी सामग्री पोस्ट भइरहेका छन् । भट्टराईले अतिथि देवो भवः को नेपाली संस्कार स्मरण गराउँदै सीको अनादर नगर्न सबैसँग आग्रह गरेका छन् ।
‘अतिथि देवो भवः हामी नेपालीको संस्कार हो । २३ वर्षपछि हुन लागेको उत्तरी छिमेकी चीनका महामहिम राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिऊँ’, ट्विटमार्फत सीको स्वागत गर्दै भट्टराईले लेखेका छन्, ‘कसैले सामाजिक मिडियामा दिइहाले त्यसलाई शेयर नगरौं ।’
चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4