Comments Add Comment

सीलाई विमानस्थलमा राष्ट्रपति र प्रधानमन्त्रीले स्वागत गर्ने तयारी

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैं विमानस्थल जाने भएकी छन् ।

उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि नेपाल आउन लागेका राष्ट्रपति तहको भ्रमणलाई ऐतिहासिक बनाउने सरकारको निर्णय छ । स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबारको बैठकमा सीलाई विमानस्थलमा गर्ने स्वागतबारे छलफल भएको थियो ।

स्रोतका अनुसार राष्ट्रपति स्वयंम स्वागतमा जाने भएकी हुन् । राष्ट्रपति भण्डारी सीको विमानसम्मै जानेछिन् ।

प्रधानमन्त्रीसहित मन्त्रीहरु भने केही वर रहनेछन् ।

उच्च स्रोतले भन्यो, ‘दुई दशकभन्दा लामो समयपछि हुन लागेको उच्चस्तरीय भ्रमणलाई ऐतिहासिक बनाउन दुवै पक्षले निकै तयारी गरेका छौं । भ्रमणलाई ऐतिहासिक बनाउन राष्ट्रपति नै स्वागतका लागि जाने तयारी छ ।’

कतिपय अवस्थामा उच्चस्तरीय राजकीय भ्रमणका बेला समकक्षीले नै स्वागत गर्ने प्रचलन अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ होइन । २०६३/६३ को जनआन्दोलन लगत्तै प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा समकक्षी डा. मनमोहन सिंहले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment