Comments Add Comment

प्रदेश दुईबाट २ नक्कली प्रहरी पक्राउ

२५ असोज, जनकपुरधाम । प्रदेश २ को दुई जिल्लाबाट दुई दिन नबित्दै २ जना नक्कली प्रहरी पक्राउ परेका छन् ।  आफूलाई प्रहरी बताएर बिभिन्न व्यक्तिलाई धाकधम्की दिँदै रकम असुली गर्न तल्लिन उनीहरुलाई धनुषा र महोत्तरीबाट पक्राउ गरिएको छ ।

महोत्तरीबाट एक जना नक्कली प्रहरी पक्राउ परेको दुई दिन नबित्दै धनुषाबाट पनि अर्काे एक जना समातिएका छन् । दुबैले आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै आएका थिए ।

महोत्तरीको मटिहानी नगरपालिकाबाट महोत्तरीकै लोहारपट्टी नगरपालिका-९ खुट्टा पिपरारी निवासी जयप्रकाश मण्डललाई पक्राउ गरिएको छ । २८ बर्षीय मण्डलले आफू नेपाल प्रहरीको घुमुवा रहेको भन्दै सिमावर्ती क्षेत्रमा व्यापारीहरुसँग रकम असुली गरिरहेका थिए । उनलाई बुधबार पक्राउ गरिएको छ ।

धनुषाको मिथिला विहारी नगरपालिका-१० ठेरा बस्ने २७ बर्षीय विश्वनाथ साह पनि नक्कली प्रहरी बनेर रकम असुलीमा लागेपछि पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनलाई धनुषाको विदेह नगरपालिकाबाट नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउने सर्वसाधारणहरुलाई सादा पोशाकको प्रहरी भनेर चेकजाँच गर्ने र रकम माग्ने गरिरहेको पाइएपछि शुक्रबार उनलाई पक्राउ गरिएको छ ।

उनले प्रयोग गर्ने प्रदेश २–०३–००४ प २६०५ नम्बरको मोटरसाइकल, मोवाईल तथा अन्य सामग्री समेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment