Comments Add Comment

यो हो १३ सय वर्ष पूरानो दुनियाकै पुरानो होटेल

यो संसारमा पूराना होटलहरु धेरै होलान् । समयक्रम सँगै त्यस्ता होटलहरुको प्रकार तथा त्यसका मालिकहरु बदलिन्छन् । तर जापानमा एउटा यस्तो होटल छ जसले १३ सय वर्षदेखिको आफ्नो इतिहासलाई जिवितै राखेको छ ।

यो विश्वको सबैभन्दा पुरानो होटल हो र गिनिज बुकमा समेत यसले आफ्नो नाम दर्ज गराइसकेको छ ।

दुनियाकै पुरानो यो होटलको नाम निशियामा ओनसेन कियूनकेन हो । सन् ७०५ मा फुजिवारा महितो नामका व्यक्तिले यो होटलको स्थापना गरेका थिए ।

होटल खुलेको १३ सय वर्ष भैसकेको छ र अहिलेसम्मै यो होटल फुजिवाराका सन्तान दरसन्तानले चलाइरहेका छन्। यो होटल आज फुजिवाराको परिवारका ५२ औँ पुस्ताका सन्तानले चलाइरहेका हुन् ।

यो अद्वितीय तथा विश्व प्रसिद्ध होटलमा दुनियाभरका मानिसहरु आउँछन् । कहिलेकाहीँ तथा प्रसिद्ध मानिसहरु पनि यहाँ आउने गर्दछन् ।

यो होटलको एउटा खास विशेषता भनेको यसको तातो पानीको झरना पनि हो । त्यस्तै यो होटलको एकातर्फ नदी बग्दछ भने अर्कोतर्फ घना जंगल रहेको छ । होटलको कोठामा बसेर झ्याल खोलेर बाहिर हेर्दा निकै नै मन्त्रमुग्ध पार्ने दृश्य देखिन्छ ।

यो होटलमा कूल ३७ वटा कोठा छन् । होटलमा एक रात बिताउनका लागि झण्डै ६० हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्दछ ।

यो होटलको समय समयमा मर्मत तथा जिर्णोद्धार समेत हुने गरेको छ । पछिल्लोपटक सन् १९९७ मा यसको जिर्णोद्धार गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment