Comments Add Comment

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

२६ असोज, काठमाडौं । नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदान प्रदान गरिएको छ ।

सम्झौताअघि नेपाली र चिनियााँ अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको छ ।

काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment