Comments Add Comment

करसम्बन्धी केही अनौठा अमेरिकी नियम कानून

दुनियाका सबैजसो देशमा नागरिकहरुले आफ्नो आय अनुसार सरकारलाई कर तिर्नुपर्दछ । तर कतिपय अवस्थामा चाहीँ नागरिकको आयमा मात्रै नभै विभिन्न खाले क्रियाकलापमा समेत कर लाग्दछ । अमेरिकाका केही ठाउँमा त नियम नै यस्तो रहेछ कि जिउमा टाटु बनाउँदा देखि फर्सी किन्दासमेत कर तिर्नु पर्दछ । कर सम्बन्धी केही अनौठा नियम यस्ता छन् :

· अमेरिकाको न्युजर्सीमा फर्सी खरीद गर्दा समेत कर तिर्नु पर्दछ ।

· अमेरिकाकै अर्कन्सासमा मानिसहरुले सरीरमा टाटु बनाउँदा समेत कर तिर्नु पर्दछ ।

· ट्वाइलेटमा फ्लस गर्दा समेत कर तिर्नुपर्दछ भन्ने कुरा सायद कल्प्ना बाहिरको कुरा होला । तर अमेरिकाका मेरिल्याण्डमा चाहीँ ट्वाइलेट फ्लस उपयोग गर्दा प्रति महिना झण्डै ५ डलर कर तिर्नु पर्दछ ।

· अमेरिकाको एरिजोनामा बरफको टुक्रा अर्थात् आइस ब्लक खरीद गर्दा समेत कर तिर्नुपर्दछ ।

· अमेरिकाको अलाबामामा तास खरीद गर्दा वा बेच्दा समेत कर लाग्दछ । खरीद गर्नेवालाले तासको गड्डीको मूल्यको १० प्रतिशत कर तिर्नुपर्दछ भने बिक्रेताले चाहीँ प्रतिगड्डीको निशिचत रकमका साथै तास बिक्रिको लाइसेन्सको वार्षिक शुल्क समेत तिर्नुपर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment