
२६ असोज, रामेछाप । रामेछापमा साउन यता प्राकृतिक प्रकोपमा परी ४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ४ जनाको मृत्यु भएको जिल्ला विपद व्यवस्थापन समिति रामेछापले जनाएको छ ।
३ जनाको घर भत्किएर मृत्यु भएको र एक जनाको बाढीमा बगेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेले जानकारी दिए ।
जिल्ला विपद व्यवस्थापन समितिले ज्यान गुमाएकाहरुको परिवारलाई गाउँमै गएर एक/एक लाख रुपैयाँको दरले नगद सहयोग तथा रेडक्रसले राहत सामग्री उपलब्ध गराएको थियो ।
यस अवधिमा बाढीपहिरो तथा आगलागीमा परी १०२ घरमा क्षति भएको छ । प्रकोप पीडितहरुलाई हालसम्म समितिले ११ लाख ५० हजार रुपैयाँ वितरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4