News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीले बगाएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा धादिङमा २९ जना पक्राउ परेका छन् ।
- पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
- प्रहरीले उक्त नगदको स्रोत र घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी राखेको छ ।
१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले बगाएर ल्याएको सेफ आफूखुसी तोडफोड गरी चोरी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको छ । उक्त नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूले धादिङको गल्छी गाउँपालिका-४ बेल्खु खोलास्थित त्रिशूली नदी किनारमा सेफ फेलापारी तोडफोड गरेर पैसा चोरी गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4