+
+
Shares

कांग्रेसको चियापानमा प्रचण्ड : अहिले दुई तिहाइको कुरा नगरौं

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १६:४५

२६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा उत्साह देखेको बताएका छन् ।

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुशी लागेको बताए । ‘चियापानमा आउँदा कांग्रेसमा उत्साह देखेँ । मलाई यहाँ आउँदा सहयात्रीकोमा आएजस्तो लाग्छ’ उनले भने ‘हेर्दै जाऔं्र राजनीतिले कस्तो कोल्टे फेर्छ ?’

दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने सत्तारुढ पार्टी र कांग्रेसबीच कस्तो सहयात्रा हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘अहिले दुई तिहाइको कुरा नगरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?