+
+

शाइन रेसुङ्गा बैंकको एकीकृत कारोबार शुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते १२:२४

२७ असोज, बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा भैरहवामा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंक गाभिएर बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एकीकृत कारोवार सोमबारबाट शुरु भएको छ ।

दश जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकमा तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव गाभिएर एकीकृत कारोबार शुरु गरेका हुन् ।

शाइन रेसुंगामा पूर्णिमा र भार्गवको एक्विजिसन पश्चात शाइन रेसुंगा प्रदेश ५ मा सबैभन्दा धेरै पुुँजी र शाखा भएको विकास बैंक बनेको छ । बैंकको चुक्ता पूँजी २ अर्ब ६२ करोड, निक्षेप २६ अर्ब ८७ करोड र कर्जा लगानी २३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । बैंकका शाखा संख्या ७१ र ग्राहक संख्या ३ लाख ७७ हजार पुगेका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

निकट भविष्यमा नेपाल राष्ट्र बैंबाट स्वीकृति प्राप्त गरी राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने र हाल कायम रहेको चुक्ता पुँजीको ४ : १ (चार शेयर बराबर १ शेयर) को अनुपातमा हकप्रद शेयर निष्काशन गरी पूँजी वृद्धि गरिने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?