Comments Add Comment

विभिन्न मुद्दामा दोषी ठहर भइ फरार ३ अभियुक्त पक्राउ

२८ असोज, वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न अपराधिक गतिविधिमा संलग्न भइ फरार भएका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।

पकाहामैनपुर गाँउपालिका-१ धोरे बस्ने ४८ वर्षीय मदनप्रसाद चौहान, ५५ वर्षीय मेघराज साह र वीरगञ्ज महानगरपालिका-२ छपकैया बस्ने ५१ वर्षीय मक्सुद मिया तेली पक्राउ परेका हुन् ।

मदन र मेघराजलाई पर्सा जिल्ला अदालतले २०७५ वैशाख २४ गतेको फैसलाले लागूऔषध गाजा र चरेस मुद्दामा दोषी ठहर गरेको थियो ।

मदनलाई अदालतले ९ महिना २३ दिन कैद र ५ हजार रुपैयाँ र मेघराजलाई २ वर्ष १९ दिन कैद र ७ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । उनीहरुलाई गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा जिल्ला अदालतको २०७२ जेठ ५ गतेको फैसलाले जर्बजस्ती करणी उद्योग मुद्दामा मक्सुदलाई दोषी ठहर गरेको थियो । उनी विरुद्ध अदालतले एक हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो ।

तीनै जनालाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment