Comments Add Comment

सांसदलाई रिहा गर्न माग गर्दै राजपाको प्रदर्शन

२९ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसदलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले जनकपुरमा प्रदर्शन गरेको छ ।

राजपाका कार्यकर्ताले बुधबार सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले सांसद प्रमोदकुमार साहलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् ।

अदालतले भने सांसद साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सांसद साहले सोमबार जनकपुर विमास्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment