Comments Add Comment

प्रमोद साहले हिरासतमा रहँदासम्म सांसदको हैसियत नपाउने

२९ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको सांसदको हैसियतमा काम गर्न नपाउने भएका छन् ।

संसद सचिवालयले बुधबार प्रतिनिधिसभा नियमावलीको नियम २४४ को ३ अनुसार सूचना जारी गरी साहले हिरासतमा रहेको अवस्थामा सांसदको हैसियतले कुनै कार्य गर्न र उन्मुक्ति प्राप्त नहुने उल्लेख गरेको छ । सांसद साहले हिरासतमा रहेको अवधिको पारिश्रमिक, सेवा र सुविधा पनि नपाउने नियमावलीमा व्यवस्था छ ।

जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा अपराध अनुसन्धान महाशाखाले साहलाई काठमाडौंबाट पक्राउ गरेको थियो । अदालतले साहलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्नसमेत आदेश दिइसकेको छ ।

यो पनि पढ्नुहोस सांसद साहमाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिन म्याद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment