+
+
Shares

कोशी प्रदेशमा योजना आयोगका सदस्य फेरिए

मन्त्रिपरिषद् बैठकले विराटनगरका तोयानाथ खतिवडा र खोटाङकी हरिकुमारी राईलाई आयोगको सदस्यमा नियुक्त गरेको छ । उनीहरू दुवै  नेकपाको कोटामा सदस्य नियुक्त भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १९:०८

१५ असोज, विराटनगर । कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि योजना आयोगका सदस्य पनि फेरिएका छन् । एमाले र कांग्रेसबीच सत्ता समीकरण हुँदा कांग्रेसको कोटाबाट नारायण कोइराला र मनिता घिमिरे नियुक्त भएका थिए ।

९ साउनको एमाले र नेकपाबीचको सहमतिपछि कोशी प्रदेशमा १ भदौमा नेकपा सरकारमा सहभागी भएको थियो ।

कांग्रेसले सरकार छाडेपछि कांग्रेस कोटामा सदस्य भएका कोइराला र घिमिरले बुधबार राजीनामा दिएका थिए ।

बिहीबार मन्त्रिपरिषद् बैठकले विराटनगरका तोयानाथ खतिवडा र खोटाङकी हरिकुमारी राईलाई आयोगको सदस्यमा नियुक्त गरेको छ । उनीहरू दुवै  नेकपाको कोटामा सदस्य नियुक्त भएका हुन् ।

योजना आयोगको उपाध्यक्षमा एमालेको कोटामा नियुक्त भएका तारानाथ निरौला छन् । गत वर्ष २० कात्तिकमा एमालेकै कोटाका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले राजीनामा दिएका थिए ।

उनको राजीनामापछि मंसिर ३ गते आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका थिए ।

बिहीबार बसेको  मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री सम्मेलनको मिति पनि परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार यसअघि असोज २२ र २३ गते गर्ने तय भएको सम्मेलन असोज २७ र २८ गतेका लागि सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?