१६ भदौ, विराटनगर । रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाले हालसम्म १५९ जना सम्पर्कविहीन रहेको जानकारी दिए ।
उनका अनुसार हालसम्म पाँच जनाको उद्धार भएको छ भने, २७ जना सम्पर्कमा आएका छन् ।
एक जना उपचारमा रहेको तथा एक जना मृत फेला परेको उनले बताए ।
बेपत्ता भएका नागरिक रसुवा, नुवाकोट, धाटिङलगायतका जिल्लामा रोजगारी, व्यापार, व्यवसाय, धार्मिक यात्रा तथा अन्य काममा सिलसिलामा रहेका बेला अचानक बाढीको चपेटामा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4