+
+
Shares

काेशी प्रदेश सभाकाे बैठक नयाँ संसद् भवनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सभाको बैठक आगामी ३ भदौ दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ ।
  • प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठक नयाँ भवनमा सञ्चालन हुने जानकारी दिएको छ ।
  • प्रदेश सभा भवन जलेपछि यसअघि बैठक वीरेन्द्र सभागृहमा सञ्चालन हुँदै आएको थियो ।

२८ साउन, विराटनगर । काेशी प्रदेश सभाकाे बैठक ३ भदौमा बस्ने भएको छ ।

२४ असारमा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित बैठक ३ भदौमा बस्ने भएको हाे ।

प्रदेशसभा बैठक संसद्काे आफ्नै नयाँ भवनमा बस्ने छ ।

गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन जलेपछि वीरेन्द्र सभा गृहमा प्रदेशसभा बैठक सञ्चालन हुँदै आएको थियो ।

कोशी प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक ३ भदौ बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?