+
+

सांसद साहमाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिन म्याद

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते ११:५६

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए ।

म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने र अदालतले गरेको कुराको जनताले मूल्यांकन गर्ने बताए ।

सर्लाही निर्वाचन क्षेत्र १ बाट राजपा सांसद साहमाथि जनकपुरबाट काठमाडौं जहाज उडान ढिला गरेको आक्रोशमा जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोप लागेको छ । उनलाई प्रहरीले मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ गरेको थियो ।

साहलाई पक्राउ गरेको विरोधमा जनकपुर र वीरगञ्जमा राजपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?