Comments Add Comment

रामेछापका विद्यालयहरुको पुनर्निर्माणको काम अन्तिम चरणमा

२९ असोज, रामेछाप । रामेछाप जिल्लामा भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरुको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । २०७२ सालको विनासकारी भूकम्पले क्षति भएका विद्यालहरुको पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्व्यन इकाई शिक्षाका प्रमुख निर्मलकुमार घिमिरेल बताए ।

रामेछाप जिल्लामा भूकम्पले जिल्लामा भएका सबै ४ सय ९ वटा विद्यालयमा क्षति पुर्‍याएको थियो । अहिले ती विद्यालहरु मर्ज भएर विद्यालय संख्या ३ सय ८९ मा झरेको छ । जिल्लका हाल रहेका ३ सय ८९ विद्यालय मध्ये ३१ वटा बाहेक सबै विद्यालयमा विद्यालय भवनहरु बनेको प्रमुख घिमिरेले बताए । बाँकी रहेका ३१ वटा विद्यालयहरु मध्येमा पनि ११ वटा विद्यालयहरुमा मात्र विद्यालय भवन माग गरेका छन् । २० वटा विद्यालयले भवन माग नगरेकाले ती विद्यालयहरु पनि मर्जिङ्कै प्रक्रियामा रहेकाले त्यस्ता विद्यालयलाई भवनको आवश्यक नदेखिएको उनले बताए ।

घिमिरेलका अनुसार जिल्लामा निर्माण व्यवयासायी मार्फत अत्याधुनिक सुविधासम्पन्न २१ वटा विद्याल भवन हस्तान्तरणभई सकेका छन् । त्यस्तै १२ वटा सुविधासम्पन्न भवनहरुको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैँकको ऋण सहयोगमा १७ र भारत सरकारको अनुदानमा निर्माण हुने ९ वटा सुविधासम्पन्न विद्यालय भवन निर्माणको लागि टेण्डर आह्वान भई सकेको छ । यसै गरि जिल्ला कार्यक्रम कार्यान्वयन इकाइले व्यवस्थापन समिति मार्फत १ सय ४६ वटा भवनहरुको निर्माण कार्य सम्पन्न भएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समिति मार्फत निर्माणकार्य भई रहेका ७५ वटा विद्यालहरुको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । यस बाहेक तत्कालिन जिल्ला शिक्षा कार्यालय र विभिन्न सामाजिक संस्थाहरु मार्फत पनि विद्यालय भनवहरुको निर्माण भएका छन् ।

यस वर्षको लागि ६२ वटा विद्यालय भवन निर्माणको लागि जिल्ला कार्यक्रम कार्यान्वयन इकाइमा कार्यक्रम आएको घिमिरेले बताए । ती भवन बन्दा बाँकी विद्यालयहरुलाई पनि समेटिने घिमिरेले बताए । बाँकी भवनहरु यस अघि भवन बनेका तर विद्यार्थी चाप अनुसार कोठा नपुगेका विद्यालयहरुमा बन्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment