+
+
Shares

मिर्गौला बिक्रीको आरोपमा निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १६:२७

२९ असोज, काठमाडौं । एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ ।

पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।

अस्पतालले एक जनाको मिर्गौला झिक्ने भनी अर्कै व्यक्तिको मिर्गौला झिकेर बिक्री गरेको आरोप लागेकाले अनुसन्धानका लागि पक्राउ गरेको व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?