Comments Add Comment

दीपकराज गुरुङ दक्षिण एसियाली आर्चरी महासंको अध्यक्षमा चुनिए

२९ असोज, काठमाडौं । नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ दक्षिण एसियाली आर्चरी महासंघ (साफ) को अध्यक्ष बनेका छन् ।

बंगलादेशमा गत अक्टोबर १० मा भएको साफको बोर्ड बैठकले बरिष्ठ उपाध्यक्ष रहेका गुरुङलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । योसँगै गुरुङले अब साफको नेतृत्व चार वर्ष गर्ने छन् ।

गुरुङ साफका संस्थापक सदस्य समेत हुन् । गुरुङलाई अध्यक्ष पदमा चुनिएको साफको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उनी अध्यक्षमा आएसँगै आर्चरीको दक्षिण एसियामा गतिविधि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment