+
+
Shares

स्वीकृति विना कतारमा राजनीतिक गतिबिधि नगर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १७:४२

२९ असोज, काठमाडौं । कतारमा स्वीकृति विना राजनीतिक र सामाजिक र धार्मिक गतिविधि सञ्चालन नगर्न कतार सरकारले अनुरोध गरेको छ ।

विभिन्न देशका कूटनीतिक नियोगलाई कतार सरकारले कतारको कानून र प्रचलनविपरीत हुने त्यस्ता गतिबिधि नगर्न नगराउन निर्देशन गर्न अनुरोध गरेको थियो ।

कतार सरकारको अनुरोधअनुसार दोहास्थित नेपाली दूतावासले पनि सूचना जारी गरी त्यस्ता गतिविधि नगर्न सूचना प्रकाशित गरी नेपाली समुदायमा निर्देशन गरेको छ ।

पछिल्लो समय केही समुदायले कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिइ भेला, बैठक, चन्दा संकलन गरेको जानकारी प्राप्त भएको दूतावासले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?