+
+
Shares

त्रिविमा प्राइभेट परीक्षाको फारम भर्ने मिति एक हप्ता थप

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १७:५९

२९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षाको परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ ।

कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा एक हप्ता थप गरेर कात्तिक ८ गतेसम्म पुर्‍याएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

दशैं विदापछि कार्यालय खुल्दा फारम भर्नेको अत्यधिक भीड भएकाले समय थप गरिएको उनले बताए । दोब्बर दस्तुर तिरेर फारम भर्ने मिति भने कात्तिक १९ गतेसम्म बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?